सिंगापुरमा किन बढ्दैछ नक्कली बिहे ?
सिंगापुर । सिंगापुरमा नक्कली विवाहका मामिलाहरू लगातार बढिरहेका छन् । सिंगापुरका पुरुषहरूले पैसा कमाउन विदेशी महिलासँग नक्कली विवाह गरेका घटना बाहिरिरहेका छन् ।
लामो समयसम्म सिंगापुरमा बस्न र काम गर्न विदेशी महिलाहरूले त्यहाँका स्थानीय पुरुषसँग झुठो विवाह गरेको घटना बढ्न थालेपछि सिंगापुरका अधिकारीहरू चिन्तित भएका छन् । पछिल्लो समय नक्कली विवाह गर्ने सिन्डिकेट खुलेपछि अधिकारीहरु सचेत भएका छन् । यस्ता विवाहले सामाजिक समस्या बढाउने भन्दै सिंगापुर इमिग्रेसन एण्ड चेकपोइन्ट अथोरिटी (आईसीए)ले यस्ता मामिलाप्रति सतर्कता बढाएको छ ।
स्टेट टाइम्समा छापिएको एउटा खबरका अनुसार झुठा बिहेका मामिलामा अधिकारीहरूले लगातार छापा मारिरहेका छन् । सन् २०२४ मा जनवरीदेखि सेप्टेम्बरसम्म नक्कली विवाहका घटना बढेर ३२ पुगेको आईसीएले बताएको छ । २०२३ को जुनमा यस्ता मामिला चार मात्रै थिए ।
विदेशी महिलाहरूले सिंगापुरमा नक्कली बिहे गर्न पुरुषहरूलाई पैसा दिने गरेको अधिकारीहरूले बताएका छन् । तर यस्ता गतिविधिले सामाजिक स्तरमा समस्या बढाउने र विदेशीहरू अवैध गतिविधिमा संलग्न हुने सम्भावना बढ्ने पनि बताइएको छ ।
आईसीए अधिकारीहरूले भर्खरै यस्तै मामिलामा एक जोडीलाई पक्राउ गरेका थिए जहाँ श्रीमती र श्रीमान अलग्गै बस्दथे । ती पुरुषको आमालाई आफ्नो छोराको विवाह भएको थाहा थिएन । दुवै जनालाई पक्राउ गरी यस विषयमा अनुसन्धान भइरहेको छ ।
यस्ता गतिविधिलाई निरुत्साहित गर्न सरकारले कडाई गर्न थालेको छ । झुठो बिहे गरेको ठहर भएमा १० वर्षसम्म कैद र १० हजार सिंगापुर डलर जरिवाना हुनसक्छ । २०२४ को जुनमा सिंगापुरका अधिकारीहरूले १३ जना विरुद्ध नक्कली विवाह गरेको अभियोग लगाएर छानबिन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण