दशककै सबैभन्दा खराब हिमपातको डरमा अमेरिका

वासिङ्टन डिसी । अमेरिकामा यो जनवरी दशककै सबैभन्दा भीषण हिमपात हुने आशङ्का गरिएको छ । हिमपात र चिसोका कारण दसौँ लाख अमेरिकीहरूको जनजीवन प्रभावित हुने आशङ्का गरिएको छ ।
हिमपात सुरु हुन अघि प्रशासनले पूर्व तयारीको काम सुरु गरेको छ । अमेरिकामा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेशनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको र आगामी केही दिनमा पूर्वतिर सर्ने बताइएको छ ।
मिसिसिपी र फ्लोरिडासमेत पहिला भीषण चिसो नहुने अमेरिकाकाका केही स्थानमा समेत स्थिति झनै बिग्रने चेतावनी दिइएको छ । मौसम खराब हुनुको मुख्य कारण ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर घुम्ने चिसो हावाको क्षेत्र) भएको बताइएको छ ।
यो जनवरी अमेरिकामा सन् २०११ पछि सबैभन्दा चिसो जनवरी हुने अपेक्षा गरिएको एक्यूवेदर फोरकाष्टर डीपाड्विनले भने । मौसम विभागका अनुसार आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र सडकको अवस्था पनि राम्रो हुनेछैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण