दशककै सबैभन्दा खराब हिमपातको डरमा अमेरिका
वासिङ्टन डिसी । अमेरिकामा यो जनवरी दशककै सबैभन्दा भीषण हिमपात हुने आशङ्का गरिएको छ । हिमपात र चिसोका कारण दसौँ लाख अमेरिकीहरूको जनजीवन प्रभावित हुने आशङ्का गरिएको छ ।
हिमपात सुरु हुन अघि प्रशासनले पूर्व तयारीको काम सुरु गरेको छ । अमेरिकामा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेशनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको र आगामी केही दिनमा पूर्वतिर सर्ने बताइएको छ ।
मिसिसिपी र फ्लोरिडासमेत पहिला भीषण चिसो नहुने अमेरिकाकाका केही स्थानमा समेत स्थिति झनै बिग्रने चेतावनी दिइएको छ । मौसम खराब हुनुको मुख्य कारण ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर घुम्ने चिसो हावाको क्षेत्र) भएको बताइएको छ ।
यो जनवरी अमेरिकामा सन् २०११ पछि सबैभन्दा चिसो जनवरी हुने अपेक्षा गरिएको एक्यूवेदर फोरकाष्टर डीपाड्विनले भने । मौसम विभागका अनुसार आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र सडकको अवस्था पनि राम्रो हुनेछैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण