दक्षिण अफ्रिकाविरुद्ध बाबर आजमको कमाल, एकै दिन दुई अर्धशतक !
केप टाउन । पाकिस्तानका प्रभावशाली ब्याट्सम्यान बाबर आजमले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा गजबको प्रदर्शन गरेका छन् । टोलीका पूर्वकप्तानसमेत रहेका बाबर आजमले दोस्रो टेस्टको तेस्रो दिन आइतबार एक दिन दुई अर्धशतक बनाएका हुन् ।
पछिल्लो समय निरन्तर खराब प्रदर्शन गर्दै आएका बाबर आजमको यो प्रदर्शनले उनी पुनः लयमा फर्किएको सङ्केत पनि दिएको छ । केप टाउनमा जारी दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो पालीमा ६ सय १५ रनको विशाल योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ९४ रनमा अलआउट भएको थियो । पाकिस्तानका लागि पहिलो पालीमा बाबर आजमले मात्र अर्धशतक बनाउन सकेका थिए ।
ओपनर ब्याट्सम्यान बाबर आजमले पहिलो पालीमा ५८ रन बनाएका थिए । यस क्रममा उनले एक सय २७ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । पहिलो पालीमा ‘फलो अन’ मा परेपछि पाकिस्तानी टोली पुनः ब्याटिङका लागि ओर्लिएको थियो ।
दोस्रो पालीमा पनि पाकिस्तानी टोलीका लागि बाबर आजमले उत्कृष्ट प्रदर्शनसहित ८१ रनको योगदान गरेका थिए । यस क्रममा उनले एक सय २४ बलको सामना गरी १० चौका पनि हिर्काएका थिए । दोस्रो पालीमा भने पाकिस्तानका लागि कप्तान सान मसुदले पनि शतकीय योगदान गरे ।
ओपनर ब्याट्सम्यानको भूमिकामा आएका कप्तान सान मसुद अविजित एक सय दुई रन बनाउँदै क्रिजमा छन् । उनले एक सय ६६ बलको सामना गरी १४ वटा चौका पनि हिर्काएका छन् । खुर्रम सहजादले अविजित आठ रन बनाएर उनलाई साथ दिइरहेका छन् ।
पाकिस्तानी टोली आफ्नो दोस्रो पालीमा एक विकेट गुमाएर दुई सय १३ रन बनाउँदै सम्भावित पराजय टार्न सङ्घर्षरत छ । पहिलो टेस्टमा दक्षिण अफ्रिका दुई विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण