पुष्पाको नाममा रेकर्डै रेकर्ड, भारतमा फिल्मको कमाइ १२०० करोड नाघ्यो
सोमबार, २२ पुस २०८१, १० : १८
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २ःद रुल’ले रेकर्डतोड कमाई गरिरहेको छ । फिल्म प्रदर्शनमा आएको ३२ दिन भइसकेको छ । तर फिल्म हेर्न हलमा जाने दर्शक कम भएका छैनन् ।
३२ औँ दिनमा फिल्मले भारतमा सबै भाषामा ७ करोड भारुको कारोबार गरेको छ । योसँगै फिल्म १२०० करोड भारु कमाउने पहिलो फिल्म बनेको छ ।
आइतबार ३२ औँ दिनको कलेक्सपछि भारतमा फिल्मको नेट कलेक्सन १२०६ करोड भारु पुगेको छ । नेट बक्स अफिस कलेक्सन यो स्तरमा पुर्याउन सफल यो पहिलो भारतीय फिल्म हो ।
फिल्मले सबैभन्दा धेरै हिन्दी बेल्टमा कमाइ गरेको छ । यस क्षेत्रमा फिल्म प्रतिको क्रेज कम भएको छैन । हिन्दीमा फिल्मको कमाई अहिलेसम्म ७९१ करोड २० लाख भारु पुगेको छ । फिल्मले छिट्टै नै ८०० करोड क्लबको सुरुआत गर्दैछ । यो आफैँ फिल्मका लागि अर्को ठुलो रेकर्ड हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण