जिल्ला प्रशासन कार्यालय ललितपुरको आग्रह : चिसोमा सजगता अपनाऔँ
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले यस चिसो मौसमबाट बच्न सजगता अपनाउन सबैलाई अनुरोध गरेको छ । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले एक विज्ञप्ति जारी गर्दै यो वर्षको चिसो मौसम सुरु भइसकेकोले सजग रहन सबैलाई आग्रह गरेकी हुन् ।
विज्ञप्तिमा उनले चिसो मौसम सुरु भइसकेकोले चिसो, शीतलहर र हिमपातबाट पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि चिसोको सम्भावित असरबाट बच्न आवश्यक पर्ने सामग्री जोहो गर्ने, चिसोबाट हुने सङ्क्रमण न्यूनीकरणका उपायहरू अपनाउन तथा न्यानो कपडाको व्यवस्था गर्न र आगो–हिटरको न्यानोमा बस्ने समेत आग्रह गरिएको छ ।
विशेषगरी विपद् तथा अन्य कारणबाट विस्थापित भई अस्थायी घर टहरामा बस्ने परिवार, बालबच्चा तथा वृद्ध र श्वासप्रश्वासका बिरामी र अन्य जोखिमयुक्त वर्ग लगायतलाई विशेष ध्यान दिन समेत विज्ञप्तिमा भनिएको छ ।
साथै यस सम्बन्धमा कुनै सहयोग आवश्यक परेमा सम्बन्धित स्थानीय तह, नजिकको प्रहरी कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन कार्यालयमा सम्पर्क राख्न समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण