‘ममी’को गीत : ‘म त यसै नक्कली’ भन्दै नाचे प्रियंका र दीया
काठमाडौँ । फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको गीतमा हर्क साउदको शब्द तथा रिकेश गुरुङको एरेन्ज रहेको छ । समीक्षा अधिकारी र विज्ञानी पराजुलीले स्वर दिएको गीतको भिडियोमा फिल्मका कलाकार प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन् ।
गीतले फिल्मको कथा केही हदसम्म बुझाएको छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन छ । समर निरौलाको निर्देशनमा डेव्यु फिल्म ‘ममी’ हरर फ्यामिली ड्रामामा बनेको हो । परिवारको प्रिय कुकुरको दुःखद निधन पश्चात् छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढङ्गले परिवारमा निम्तिने काला विपत्तिको शृङ्खला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथामा फिल्म बनेको हो ।
माघ २५ गते रिलिज तयारीमा रहेको फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
फिल्मलाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयासको कारण ‘ह्वीललक’को विषयमा युवक र महानगर प्रहरी बिचको विवाद
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण