सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतद्वारा तीन जना दोषी ठहर
सोमबार, २२ पुस २०८१, १८ : १८

काठमाडौँ । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण मुद्दामा सूर्य बहादुर लिम्बूसहित तीन जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले तेजबहादुर भन्ने केदारप्रसाद गौतम, राजीव थापा भन्ने कृष्णहरि थापा र वसन्त राई भन्ने सूर्यबहादुर लिम्बूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।
विशेषले गौतमलाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना, थापालाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना र लिम्बूलाई ६ करोड ८ लाख बिगो, ५ वर्ष कैद र १२ करोड १६ लाख जरिवाना हुने फैसला सुनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?