इजाजत पत्र लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्नु : मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई इजाजत पत्र लिएर मात्रै सञ्चालन आग्रह गरेको छ । मन्त्रालयले एक परिपत्र जारी स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई / नवीकरण नगराई सञ्चालन भएका भन्ने गुनासो आएकोले सो लागू गर्न आग्रह गरेको हो ।
देशभरका सबै निजी / सहकारी / गैरसरकारी / सामुदायिक अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई आग्रह गरिएको छ । परिपत्रमा भनिएको छ –‘प्रस्तुत विषयमा स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई / नवीकरण नगराई सञ्चालन भएका भन्ने गुनासो आएकोले जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजत पत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन, भन्ने व्यवस्था रहेकोले इजाजत पत्र नवीकरण गराएर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्नुहुन अन्यथा कानुन बमोजिम कारबाही हुने ब्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०६१।०९।२३ को निर्णयअनुसार अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण