रकेट वैज्ञानिक वी. नारायणन बन्ने भए इसरोको नयाँ प्रमुख
बुधबार, २४ पुस २०८१, ०९ : २५
नयाँ दिल्ली । भारतीय रकेट वैज्ञानिक वी. नारायणन भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का नयाँ अध्यक्ष हुने भएका छन् । नारायणनलाई मंगलबार अन्तरिक्ष विभागको सचिवमा नियुक्त गरिएको थियो ।
नारायणनले वर्तमान इसरो प्रमुख एस. सोमनाथको स्थान लिनेछन् । सोमनाथको कार्यकाल अर्को साता सकिँदैछ । ‘मन्त्रिपरिषद्को नियुक्ति समितिले वलिमाला स्थित लिक्विड प्रोपल्सन सिस्टम सेन्टरका निर्देशक नारायणनलाई अन्तरिक्ष र अन्तरिक्ष आयोगको सचिवको रूपमा नियुक्ति अनुमोदन गरेको छ । उनको कार्यकाल दुई वर्षको हुनेछ,’ भारत सरकारले एक आधिकारिक आदेशमा भनेको छ ।
भारतमा अन्तरिक्ष विभागका सचिव नै इसरोका अध्यक्ष रहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण