बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरूले मात्रै देश बनाउनसक्ने बताएका छन् । बिहीबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले देश साना राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गरे । उनले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी एमाले भएको बताए । देशको कुनैपनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो एमालेसँग मात्रै रहेको उनले उल्लेख गरे ।
उनले भने, ‘यो मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । कुनैपनि देशको विकासका सन्दर्भका बारेमा एक प्रकारले भन्दा तीन वटा मान्यताहरू राष्ट्र निर्माणका सन्दर्भमा अपरिहार्य हुन्छ । भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी ।’
महासचिव पोखरेलले स्ववियु चुनावबाट देशभक्तिका पक्षमा, विकास र समृद्धि, सामाजिक न्यायका पक्षमा उभिने युवाहरूलाई अनेरास्ववियुको झण्डामुनी उभ्याउने कामको नेतृत्व गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण