छविलाल जोशीलाई धरौटीमा छोड्न अदालतको आदेश

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका छविलाल जोशीलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
आज सरकारी वकिलको जवाफी बहसपछि न्यायाधीशले आदेश दिएका हुन् । न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरे। जोशीसहित रास्वपा सभापति रवि लामिछाने, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको हो ।
छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली ओम शर्मा बनेर ओम उपाध्यायको ठगी धन्दा, प्रहरीलाई ध्यानाकर्षण
-
सगरमाथा संवादको निष्कर्ष कार्यान्वयन गर्न कार्ययोजना तयार : वनमन्त्री
-
मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच सम्झौता
-
सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीलाई भने – व्यवसाय धराशायी हुन्छ, पुनः विचार गरियोस्
-
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश