अदालतको आदेशपछि रविका समर्थकहरूमा खुसीयाली, अदालत अगाडि नाराबाजी
बिहीबार, २५ पुस २०८१, १८ : २२
कास्की । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनका समर्थकहरूमा खुसीयाली छाएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशपछि रविका समर्थकले खुशीयालीमा अदालत अगाडि नाराबाजी गरेका छन् । उनीहरुले यो जीत कसको जनताको, रवि दाइ हाइहाइ नारा लगाएका छन् । बिहीबार नै आदेश आउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता अदालत परिसर पुगेका थिए । अदालतले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण