लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
बुटवल । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबिच समन्वय तथा विवाद समाधान सम्बन्धी विधेयकको अवधारणा पत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयन सम्बन्धी विषयको प्रदेश अनुगमन इकाई गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकमा अनुप बाँस्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । पाँच वर्षे कार्यकालका लागि बाँस्कोटालाई पुनः नियुक्त गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण