डीपी वर्ल्ड इन्टरनेशनल लिग खेल्न ऐरी दुबई प्रस्थान
शुक्रबार, २६ पुस २०८१, १० : ४७
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी डीपी वर्ल्ड इन्टरनेशनल लिगमा सहभागिता जनाउन दुबई प्रस्थान गरेका छन् ।
दीपेन्द्रले गल्फ जायन्ट्सबाट डीपी वर्ल्ड इन्डरनेशनल लिग खेल्नेछन् । दीपेन्द्रको टोली गल्फ जायन्ट्समा इङ्गल्यान्डका रेहन अहमद, इङ्ल्यान्डकै टम कर्रन, वेस्ट इन्डिजका डोमिनिक डार्केस, वेस्ट इन्डिजकै सिमरन हेटमायर, इङ्गल्यान्डका क्रिस जोर्डन, इङ्ल्यान्डकै जामी स्मिथलगायतका खेलाडी रहेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने डीपी वर्ल्ड इन्डरनेशनल लिगको तेस्रो संस्करण जनवरी–फेब्रुअरीमा आयोजना हुँदै छ । लिगमा कुशल मल्लले पनि ‘डेजर्ट भाइपर्स’ बाट खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण