विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । शुक्रबार एक कार्यक्रमबिच खेलकुद मन्त्री तेजुलाल चौधरी, सचिव पारस खड्का लगायतले महिला टोलीको बिदाइ गरेका हुन् ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उप–कप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार र अलिसा कुमारी यादव रहेका छन् । यसैगरी, टोलीमा सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरन कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना कुमारी चौधरी, स्नेहा महरा र अनु कडायतले पनि स्थान पाएका छन् । प्रतियोगिताका लागि नेपालले भरतपुरमा तयारी गरेको थियो ।
यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करण मलेसियामा आयोजना हुँदै छ । प्रतियोगिता जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड पनि रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिज परेका छन् । समूह ‘बी’ मा इङ्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा भने न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका रहेका छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल जनवरी १८ तारिखमा बंगलादेशसँग खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेल जनवरी २० तारिखमा स्कटल्यान्डसँग र तेस्रो खेल जनवरी २२ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।
_9rb2zeneVx.jpg)
प्रारम्भिक चरणको समाप्तपछि प्रत्येक समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुग्ने टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । ‘सुपर सिक्स’ चरणको ‘समूह–१‘ मा प्रारम्भिक चरणको समूह ‘ए’ र समूह ‘डी’ बाट आएका ६ टोली रहने छन् ।
_oB98gUuCSk.jpg)
यसैगरी, ‘सुपर सिक्स’ चरणको ‘समूह–२’ मा प्रारम्भिक चरणको समूह ‘बी’ र समूह ‘सी’ बाट आएका ६ वटा टोली रहने छन् । त्यसपछि ‘सुपर सिक्स’ चरणको दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
_b45oGLzL5a.jpg)
_F8A6piSVL3.jpg)
_mL7cNyxECH.jpg)
_H4Ewese6SK.jpg)
_OI4eHrjIzz.jpg)
_siRtRp1RW3.jpg)
_kSLKJYiYmL.jpg)
_QdeG3UgUcQ.jpg)
_oRowgRoqsm.jpg)
_iWfC4XuMmV.jpg)
_7uTC7CFuCn.jpg)
_TYy1ksmhnG.jpg)
_hP4klts2KS.jpg)
_YMiHF9z8PR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026