काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का डाक्टरहरू सर्वोच्च पुगेका छन् । मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाउने गरी कार्यविधि बनाएको भन्दै डाक्टरहरू सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा मेडिकल क्षेत्रमात्र समावेश नगर्ने कार्य गैरकानुनी र आफूहरुलाई उक्त अवसरबाट वञ्चित गराउने मनसाय भएको दाबी गर्दै उनीहरुले अन्तरिम आदेशको माग गरेका छन् ।
छनोट समितिलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अदालत आउन बाध्य भएको र रिट निवेदनमा अन्तरिम आदेश जारी नहुँदा अपुरणनीय क्षति हुने रिटमा उल्लेख छ ।
कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने राखिएको छ । यो व्यवस्थामा मेडिकल क्षेत्र नसमेटिने डाक्टरहरूको जिकिर रिटमा छ ।
योग्यताको विषयमा थप प्रष्ट पार्न छनोट समितिका संयोजक केयूका पूर्वउपकुलपति सुरेशराज शर्मालाई आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो डाक्टरहरूको छ । उनीहरुले आफूहरू बाध्य भएर सर्वोच्च आएको र अदालतबाट न्याय हुनुपर्ने माग रिटमा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण