सुदूरपश्चिममा माघीको अवसरमा पुस २९ गते सार्वजनिक बिदा
शुक्रबार, २६ पुस २०८१, १६ : १६
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पुस २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ । पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ ।
माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन रहेको थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष रूपमा पर्व मनाइन्छ । सो अवसरमा माघ १ गते राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ । त्यसपछि स्थानीय स्तरमा पनि सार्वजनिक बिदा दिइँदै आइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण