गोविन्द स्मृति पत्रकारिता पुरस्कारबाट अध्यक्ष रोका पुरस्कृत
काठमाडौँ । प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् ।
प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाको तत्कालीन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।
उनको नाममा काठमाडौँ शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रदान गर्दै आएको छ ।
शाखाको काठमाडौँमा आज सम्पन्न चौथो अधिवेशनमा यस वर्षको स्मृति पुरस्कार रोकालाई प्रदान गरिएको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका रोका हाल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्ष समेत रहेका छन् ।
अधिवेशनमा काठमाडौँ शाखाले, नेपाल पत्रकार महासंघको गत २८ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित हुने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो ।
अधिवेशनले राममणी घिमिरेको नेतृत्वको शाखाको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण