गण्डकी गाउँपालिकाको १७ औँ गाउँसभा : प्रशासनिक केन्द्र बनटार सार्ने निर्णय
गोरखा । गण्डकी गाउँपालिकाको १७ औँ गाउँसभाले आफ्नो प्रशासनिक केन्द्र वडा नम्बर ६ बनटारमा सार्ने निर्णय गरेको छ । विगत लामो समयदेखि प्रशासनिक केन्द्र भुम्लिचोक राख्ने कि बनटारमा राख्ने भन्ने विवाद हुँदै आएको थियो । शुक्रवार बसेको गाउँसभाले यस विषयलाई मतदानमा लगेर टुङ्गाएसँगै अब गण्डकी गाउँपालिका केन्द्र बनटारमा सार्ने निश्चित भएको हो ।
गण्डकी गाउँपालिकाको तत्काल कायम सदस्य सङ्ख्या ४२ मा प्रशासनिक केन्द्र बनटार सार्ने पक्षमा २८ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो यसरी हेर्दा तत्काल कायम सदस्य सङ्ख्यामा २८ मत ४२ मतको दुई तिहाइ भएको हुँदा लामो समय थाती रहेको प्रशासनिक केन्द्रको विषय अब टुङ्गिएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना साकरले रातोपाटीलाई बताए ।

‘दलीय स्वार्थका कारण विवादित बन्दै आएको पालिका केन्द्र ढिलै भए पनि आजको बैठकले मतदानमार्फत टुङ्ग्याएको छ । यसले पालिका बासिलाई ठुलो राहत मिलेको मैले महसुस गरेको छु, मेरो चुनावी एजेन्डामध्ये पालिका केन्द्र सबैलाई पायक पर्ने ठाउँमा सार्ने पनि एक थियो जुन आज सम्पन्न भयो’ उनले भने ।
त्यस्तै आजको बैठकले पालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको हकमा ६ महिनासम्म निरन्तर महिनाको ४ हजारको दरले रकम वितरण गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण