गाजामा फेरि इजरायली आक्रमण तीब्र, स्कुलमा दुई बच्चासहित ८ मारिए
काठमाडौ । नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच इजरायलले गाजामा फेरि आक्रमण तीब्र पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन भनी कतारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएकै दिन सेनाले स्कुल र घरहरुमा आक्रमण गरेको बताइएको छ ।
उत्तरी गाजामा विस्थापित प्यालेस्टाइनीहरुको आश्रयस्थल रहेको स्कुलमा इजरायलले गरेको आक्रमणमा परी कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । शनिबार उत्तरी गाजाको जबालिया अल बलाद क्षेत्रमा जैनब अल वजीर स्कुलमा एक इजरायली आक्रमणमा दुई महिला र दुई बच्चासहित आठ नागरिक मारिएका हुन् ।
यसरी आक्रमण हुँदै गर्दा इजरायलले सम्भावित युद्धविरामको कुराकानीका लागि कयौँ बरिष्ठ अधिकारीलाई कतार पठाएको समेत बताइँदै छ । एक महिलाले भनेकी छन्, ‘इजरायलीहरुले विना कुनै पूर्व चेतावनी हामीलाई निशाना बनाए । उनीहरुले हामीमाथि क्षेप्यास्त्र हानेका छन् । हाम्रा बच्चाहरु ज्यूँदा वा मुर्दा कहाँ छन्, थाहा छैन ।’
प्यालेस्टाइनी समाचार एजेन्सी वफाले गाजाभर विभिन्न स्थानमा हमला भइरहेको सूचना दिएको छ । गाजाको छिमेकी शहर दाराजमा एक घरमा भएको आक्रमणमा चार जना प्यालेस्टाइनी मारिएका र कयौँ घाइते भएका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण