दुई उत्तर कोरियाली सैनिकलाई रुसबाट युद्धबन्दीको रूपमा कब्जा गरेको युक्रेनको दाबी
कीभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शनिबार युक्रेनी सेनाले दुई घाइते उत्तर कोरियाली सैनिकलाई रुसको कुर्स्क क्षेत्रमा युद्धबन्दीको रूपमा कब्जा गरेको दाबी गरेका छन् ।
जेलेन्स्कीका अनुसार दुवै सैनिकलाई ‘आवश्यक चिकित्सा सहायता’ दिइँदैछ। उनीहरू दुवैलाई राजधानी कीभस्थित युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा राखिएको छ । युक्रेनी राष्ट्रपतिले उत्तर कोरियाली सैनिकलाई पक्रन युक्रेनी प्याराट्रूपर्स र स्पेसल अपरेसन फोर्सका सिपाहीहरूप्रति ‘कृतज्ञ’ रहेको बताए।
उनले यो ‘सजिलो काम नभएको’ पनि बताए। युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै प्रमाण मेटाउन रुसी र उत्तर कोरियाली सेनाले घाइते उत्तर कोरियालीहरूलाई सामान्यतया मृत्युदण्ड दिने जेलेन्स्कीको दाबी थियो ।
युक्रेनको गुप्तचर सेवाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाली सैनिकहरूलाई जनवरी ९ मा पक्राउ गरिएको र तुरुन्तै जेनेभा महासन्धि अन्तर्गत तोकिएको आवश्यक चिकित्सा हेरचाह प्रदान गरिएको बताएको छ । त्यसपछि उनीहरूलाई किभ ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण