सुरक्षाको ‘खेल’ वैशाखमा
आइतबार, २८ पुस २०८१, १३ : ५६

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘खेल’ नयाँ वर्षको वैशाख १२ गते रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
फिल्ममा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, निकिता आचार्य, भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको अभिनय छ ।
अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको फिल्ममा रहस्य र थ्रिलरकथामा निर्माण भएको हो । सिरुपाते कट्स प्रालिले निर्माण गरेका फिल्मका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन र सह निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म