संसदीय समितिको बैठकमा सांसदहरु नआएपछि बैठक सञ्चालनमा समस्या
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले समिति बैठकमा गणपूरक संख्या नपुग्दा अफ्ठ्यारो परेको गुनासो गरेका छन् ।
आइतवार सिंहदरबारमा बसेको अर्थसमिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरुसँगको छलफलमा समयमा सांसदहरु उपस्थित नहुँदा १५ मिनेटका लागि बैठक स्थिगित गरेर दोस्रो बैठक बसेको हो ।
बैठकपछि सांसदहरुसँग गुनासो गर्दै अर्थसमितिमा आएका विधेयकहरुको जिम्मा सभापतिको मात्रै नभएको भन्दै सबै सदस्यहरुको दायित्व भएको स्मरण गराए । उनले चार दिनअघि बैठकको जानकारी दिँदा पनि एक तिहाई सांसद पनि बैठकमा उपस्थित नहुँदा बैठक सञ्चालनमा समस्या भएको गुनासो गरे । उनले समयमा सांसदहरु बैठकमा जानकारी गराउने विषयमा सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने जानकारी दिए ।
उनले समितिमा अहिलेसम्म ५८ भन्दा बढी उजुरी परेको बताए । समितिले उजुरीको विषयमा उपसमिति बनाएर काम गर्नेगरी अघि बढेको बताए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण