पञ्जाब किंग्सले श्रेयस अय्यरलाई कप्तान बनायो
मुम्बई । आईपीएल फ्रेन्चाइजी पञ्जाब किंग्सले श्रेयस अय्यरलाई नयाँ कप्तान नियुक्त गरेको छ । फ्रान्चाइजीले आइतबार अय्यरलाई कप्तानमा नियुक्त गरेको घोषणा गरेको हो।
गत नोभेम्बरमा साउदी अरेबिया (जेद्दा) मा भएको मेगा लिलामीमा पञ्जाब फ्रेन्चाइजीले श्रेयसलाई २६.७५ करोड भारुमा किनेको थियो। ३० वर्षीय अय्यरले गत सिजन आफ्नो कप्तानीमा कोलकाता नाइट राइडर्सलाई उपाधि दिलाएका थिए ।
उनले दिल्ली क्यापिटल्सको कप्तानी समेत गरेका छन् । श्रेयस चाँडै नै मुख्य प्रशिक्षक रिकी पोन्टिङसँग भेटेर टोलीको जिम्मेवारी सम्हाल्नेछन् । आईपीएलको नयाँ सिजन मार्च २१ बाट सुरु हुँदैछ । यस सिजनको उद्घाटन खेल कोलकातामा हुनेछ । यससँगै प्रतियोगिताको फाइनल पनि २५ मेमा हुनेछ ।
श्रेयसले आफ्नो कप्तानीमा ७० आईपीएल खेलमा आधाभन्दा बढी खेल जितेका छन् । उनले ३८ खेल जितेका छन् भने २९ खेलमा हार बेहोरेको छ । साथै २ खेल बराबरी भएको छ भने एक खेल नतिजाविहीन छ । श्रेयसको विजयी प्रतिशत ५४.२८ रहेको छ ।
श्रेयस अय्यर आईपीएलको दोस्रो महँगो खेलाडी हुन्। उनलाई पञ्जाब किंग्सले मेगा अक्सनमा २६.७५ करोडमा किनेको थियो । त्योभन्दा बढी, ऋषभ पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोडमा किनेको छ । कोलकाताले वेंकटेश अय्यरलाई २३.७५ करोडमा राखेको छ ।
श्रेयसको कप्तानीमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराएर २०२४ को उपाधि जितेको थियो । योसँगै टोली तेस्रो पटक च्याम्पियन बनेको थियो। गौतम गम्भीरको कप्तानीमा टोलीले २०१२ र २०१४ मा पनि उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण