तस्बिरमा हेर्नुहोस् इतिहासकै सबैभन्दा ‘महँगो’ आगलागी
क्यालिफोर्निया । अमेरिकाको लस एन्जलिसमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्। उक्त क्षेत्रमा तीव्र हावा चल्ने भएकाले यो साता आगलागी अझै बढ्न सक्ने मौसमविद्को अनुमान छ ।
आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् । अधिकारीहरूले यसअघि १६ जना बेपत्ता भएको बताएका थिए । यस आगलागीका कारण इटन क्षेत्रमा १६ जनाको मृत्यु भएको छ भने पालिसेडेस क्षेत्रमा ६ जनाको मृत्यु भएको छ ।
अग्नि नियन्त्रकले अझै तीन ठाउँमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीका कारण सबैभन्दा बढी क्षति पालिसेडमा भएको छ, जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ ।
आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्याएको छ।
हेरौँ तस्बिर :


---copy_uULv5VhjdD.jpg)
_6wZ4NALazG.jpg)
_DSpvMUzRLF.jpg)
_IVeLS9vNyv.jpg)
_UXolH9tuQS.jpg)
_JdbYHGU8uM.jpg)
_VRobzaJ5BY.jpg)
_j2ihAAv8QQ.jpg)
_91ziqyaFJf.jpg)
_CDOkL0cRl9.jpg)
_356OjpZtQm.jpg)
_nar5D7DbMX.jpg)
_8rrlApKTsH.jpg)
_F8LrJapFYN.jpg)
_aGFQYrFZEj.jpg)
_aMEvtkNfMI.jpg)
सबै तस्बिरहरु रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण