चलचित्र विकास बोर्डद्वारा ९७ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ ।
सोमबार चलचित्र विकास बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र प्रदान गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष डिसीले परिचयपत्र चलचित्रकर्मीहरूको पहिचान, सुरक्षा र सम्मान सुनिश्चित गर्न महत्त्वपूर्ण कदम भएको बताए । ‘यो कदमले चलचित्रकर्मीको पेसागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ’, उनले भने ।
परिचयपत्र वितरण कार्यक्रमले चलचित्रकर्मीहरूलाई पेसागत पहिचान मात्र होइन, कानुनी सुरक्षा, सरकारी सेवा र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर पनि प्रदान गर्ने लक्ष्य बोर्डको छ । यसले चलचित्रकर्मीहरूको डाटाबेस निर्माण गर्न सहयोग पुग्ने र चलचित्र उद्योगको व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा बोर्डको हो ।
चलचित्रकर्मीहरूको सामाजिक सम्मान वृद्धि, फिल्म निर्माण तथा सुटिङका लागि सहजीकरण र सामाजिक सुरक्षा योजनामा सहभागी गराउने पहलका लागि परिचयपत्र महत्त्वपूर्ण मानिन्छ ।
कार्यक्रममा सहभागी चलचित्रकर्मीहरूले पनि परिचयपत्र प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले आफ्नो पेसागत पहिचान र सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । बोर्डले प्रत्येक वर्ष विशिष्ट चलचित्रकर्मी, विशेष चलचित्रकर्मी र मानार्थ चलचित्रकर्मी शीर्षकमा परिचयपत्र प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण