६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट एक दिनमा ६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी भएको छ । थारू समुदायले मनाउने माघी (माघ) पर्वका लागि नौ लाख रुपैयाँ बराबरको घोंघीको व्यापार भएको व्यवसायीले बताएका हुन् ।
कालीमाटीमा ३० वटा माछा पसल छन् । हरेक पसलले दैनिक २ सय किलो घोंघी ल्याउने गरेको व्यापारी सुरेन्द्र चौधरीले बताए । ‘बाराबाट दैनिक हरेक पसलका लागि २ सय किलो घोंघी ल्याइन्छ,’ उनले भने, ‘अन्य दिन करिब २० देखि ५० किलो घोंघी बिक्री हुन्थ्यो, आज सबै बिक्री भएको छ ।’
दैनिक ३० पसलबाट २ सय किलो घोंघी बिक्री हुँदा ६ हजार किलो अर्थात ६० क्विन्टल घोंघी बिक्री भएको छ । प्रतिकिलो १५० रुपैयाँका दरले बिक्री हुँदा ९ लाख रुपैयाँ हुन आउँछ ।
थारू समुदायका लागि घोंघी एक विशेष खाने परिकार हो । काठमाडौँ उपत्यकामा विगत केही वर्ष यता घोंघीको व्यापार फस्टाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण