६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट एक दिनमा ६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी भएको छ । थारू समुदायले मनाउने माघी (माघ) पर्वका लागि नौ लाख रुपैयाँ बराबरको घोंघीको व्यापार भएको व्यवसायीले बताएका हुन् ।
कालीमाटीमा ३० वटा माछा पसल छन् । हरेक पसलले दैनिक २ सय किलो घोंघी ल्याउने गरेको व्यापारी सुरेन्द्र चौधरीले बताए । ‘बाराबाट दैनिक हरेक पसलका लागि २ सय किलो घोंघी ल्याइन्छ,’ उनले भने, ‘अन्य दिन करिब २० देखि ५० किलो घोंघी बिक्री हुन्थ्यो, आज सबै बिक्री भएको छ ।’
दैनिक ३० पसलबाट २ सय किलो घोंघी बिक्री हुँदा ६ हजार किलो अर्थात ६० क्विन्टल घोंघी बिक्री भएको छ । प्रतिकिलो १५० रुपैयाँका दरले बिक्री हुँदा ९ लाख रुपैयाँ हुन आउँछ ।
थारू समुदायका लागि घोंघी एक विशेष खाने परिकार हो । काठमाडौँ उपत्यकामा विगत केही वर्ष यता घोंघीको व्यापार फस्टाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता