चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिको संरक्षण गरेका छन् : खनाल
मङ्गलबार, ०१ माघ २०८१, ०९ : २५
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चाडपर्वहरूले परम्परागत मौलिक संस्कृतिहरूको संरक्षण गरेको बताएका छन् ।
माघे सङ्क्रान्ति तथा माघी पर्व २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले हिमाल, पहाड र तराईमा बस्ने धेरै जातजातिका समुदायले आफ्नै मौलिक रीति र परम्परागत अनुसार यो पर्व मनाउँदै आएको बताए ।
शुभकामना सन्देशमा उनले भनेका छन् –'यो पर्व उधौली र उभौलीको सीमा पनि हो । यसरी मनाइने चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरूको संरक्षण हुनेछ र एकआपसमा भ्रातृत्व, पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ ।'

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण