खराब मौसमले जय ट्रफीको फाइनल खेलमा ढिलाइ
वीरगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिचको ‘जय ट्रफी पुरुष एलिट कप’ को फाइनल खेल खराब मौसमका कारण सुरु हुन ढिला भएको छ । फाइनल खेल वीरगन्जमा खेलाइँदैछ । खराब मौसमले टस पनि हुन सकेको छैन ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् ।
प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय रूपमा खेलाइँदै छ । फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ ।
क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । जय ट्रफीमा खेलाडीहरू सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण