लस एञ्जलसको डढेलोका कारण पछि सर्यो ओस्करको मनोनयन
वाशिङटन डीसी । यस वर्षको ओस्कर अवार्डको लागि मनोनयनहरू जनवरी १७ मा घोषणा गरिँदै थियो । तर क्यालिफोर्निया राज्यको लस एञ्जलस (एलए)को जंगलमा फैलिरहेको डढेलोका कारण मनोनयन स्थगित गरिएको छ ।
डढेलोमा परेर सयौँ घर खरानी भएका छन् । यसमा धेरै हलिउड सेलिब्रेटीहरूको घर पनि परेको छ । अहिलेसम्म डढेलोमा परेर २४ जनाको मृत्यु भएको खबर आएको छ । ओस्कर मनोनयनको मिति परिवर्तन गर्नुका साथै मनोनीतहरूको दिवाभोज समारोह पनि रद्द गरिएको छ । मतदानका लागि समय पनि थपिएको छ । यद्यपि, अहिलेसम्म मार्च ३ मा लस एन्जलसको डल्बी थिएटरमा आयोजना हुने अवार्ड समारोहमा भने कुनै परिवर्तन गरिएको छैन ।
एकेडेमी अफ मोशन पिक्चर आट्र्स एण्ड साइन्सेजले सोमबार २०२५ को ओस्कर मनोनयन घोषणा स्थगित गरेको घोषणा गरेको हो । ‘हामी सबै जङ्गलमा सल्किएको डढेलोबाट प्रभावित भएका छौँ र हाम्रो समाजमा कयौँ मानिसलाई भएको ठुलो क्षतिबाट स्तब्ध भएका छौँ,’ एकेडेमी अफ मोशन पिक्चर आट्र्स एण्ड साइन्सका सीईओ बिल क्रेमर र सचिव जेनेट याङले एक आधिकारिक विज्ञप्तिमा भनेका छन् । एकेडेमी फिल्म उद्योग भित्र सधैँ एकीकृत शक्ति रहेको र सबै चुनौतीहरू पार गर्न एकसाथ उभिन प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा भनिएको छ । लस एन्जलसमा सल्किरहेको डढेलोका कारण मतदान अवधि बढाउन र सदस्यहरूलाई थप समय दिन मनोनयन घोषणाको मितिलाई अगाडि बढाउन पर्छ भनने आफूहरूलाई लागेको पनि विज्ञप्तिमा उल्लेख छ ।
ओस्कर अवार्डको तालिकामा गरिएका छन् यस्ता परिवर्तन:
– ओस्कर मनोनयनको लागि पहिले जनवरी ८ देखि जनवरी १२ सम्म मतदान हुँदै थियो । तर अब मतदानको म्याद बढाएर जनवरी १७ सम्म पुर्याइएको छ ।
– ओस्कर मनोनयनको घोषणा मिति पनि जनवरी १७ बाट बढाएर जनवरी २३ मा पुर्याइएको छ । मनोनयन पनि अब भर्चुअली गरिनेछ ।
–ओस्करको मनोनयनमा परेकाहरूका लागि फेब्रुअरी १० मा आयोजना गर्न लागिएको दिवाभोज अब रद्द गरिएको छ । यस वर्ष यस्तो भोजको आयोजना हुनेछैन ।
–फेब्रुअरी १८ मा गर्ने भनिएको वैज्ञानिक तथा प्राविधिक पुरस्कार पनि स्थगित गरिँदैछ । यसको नयाँ मिति पछि घोषणा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण