ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ जना पक्राउ
बुधबार, ०२ माघ २०८१, ०६ : १८
१
काठमाडौँ । काठमाडौँको ठमेलबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । अपहरणमा संलग्न आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ ।
ठमेलबाट भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
मंगलबार अपहरणको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली पीडितको उद्धारमा खटिएको थियो । तर, भारतीय नम्बरको गाडी नियन्त्रणमा लिए पनि चिनियाँ नागरिक फेला परेका छैनन् ।
उनी भिमफेदीको जङ्गलतर्फ भागेका छन् । मकवानपुर प्रहरी र अपराध अनुसन्धान कार्यालयको टोलीले थप अपहरणकारी र पीडितको खोजी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण