ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ जना पक्राउ
बुधबार, ०२ माघ २०८१, ०६ : १८
१
_dNOsAQFwpQ.jpg)
काठमाडौँ । काठमाडौँको ठमेलबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । अपहरणमा संलग्न आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ ।
ठमेलबाट भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
मंगलबार अपहरणको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली पीडितको उद्धारमा खटिएको थियो । तर, भारतीय नम्बरको गाडी नियन्त्रणमा लिए पनि चिनियाँ नागरिक फेला परेका छैनन् ।
उनी भिमफेदीको जङ्गलतर्फ भागेका छन् । मकवानपुर प्रहरी र अपराध अनुसन्धान कार्यालयको टोलीले थप अपहरणकारी र पीडितको खोजी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रेस चौतारी गण्डकीको अध्यक्षमा पुनः इन्द्र पौडेल
-
छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नौ स्पर्धा
-
दोसो फेजअन्तर्गत पहिलो चरण, १३ नेपाली केयरगिभर इजरायल प्रस्थान
-
रित्तो संसद्, खाली कुर्सी, तस्बिरहरू
-
उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन
-
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही