जनतासँग डराएकै कारण प्रधानमन्त्री ओली सार्वजनिक समारोहहरूमा सहभागी हुन छाडेका छन् : प्रभु शाह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवं अनैतिक तवरले भएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
सरकारले संसद्को बैठक नबोलाएर अध्यादेश मार्फत शासन गर्न थालेकोले दबाब दिन आवश्यक रहेको उनको भनाइ थियो । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकेको विषयलाई विपक्षी दलले गम्भीर ढङ्गले लिनुपर्ने उनले बताए ।
उनले भने -'जनताबाट डराए कै कारण यो वर्ष प्रधानमन्त्रीले लोसार, माघे सङ्क्रान्ति जस्ता उत्सवमा तथा सार्वजनिक समारोहमा सहभागी हुन छाडेका छन् । सरकारले विकास भन्दा भ्रष्टाचारमा केन्द्रित छ । सरकार विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लाग्यो । त्यसैले संसद् अधिवेशन बोलाउन हामीले माग गर्नुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण