जनतासँग डराएकै कारण प्रधानमन्त्री ओली सार्वजनिक समारोहहरूमा सहभागी हुन छाडेका छन् : प्रभु शाह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवं अनैतिक तवरले भएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
सरकारले संसद्को बैठक नबोलाएर अध्यादेश मार्फत शासन गर्न थालेकोले दबाब दिन आवश्यक रहेको उनको भनाइ थियो । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकेको विषयलाई विपक्षी दलले गम्भीर ढङ्गले लिनुपर्ने उनले बताए ।
उनले भने -'जनताबाट डराए कै कारण यो वर्ष प्रधानमन्त्रीले लोसार, माघे सङ्क्रान्ति जस्ता उत्सवमा तथा सार्वजनिक समारोहमा सहभागी हुन छाडेका छन् । सरकारले विकास भन्दा भ्रष्टाचारमा केन्द्रित छ । सरकार विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लाग्यो । त्यसैले संसद् अधिवेशन बोलाउन हामीले माग गर्नुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी