ऐन कानुन कार्यान्वयन अन्तरक्रियाबारे प्रतिवेदन हस्तान्तरण
बुधबार, ०२ माघ २०८१, १३ : ४८
काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापतिलाई सङ्घीय संसद्ले बनाएको ऐन–कानुन कार्यान्वयनका चुनौती विषयबारे कैलालीमा भएको अन्तरक्रियाको प्रतिवेदन बुझाइएको छ ।
बुधवार बसेको समितिको बैठकमा कानुन कार्यान्वयनबारे धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ समिति सभापति विमला सुवेदीलाई बुझाइएको हो । प्रतिवेदन उपसमितिका तर्फबाट सांसद पुष्पबहादुर शाहले बुझाएका हुन् ।
यसअघि समितिले सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र सङ्घीय संसद्ले बनाएका ऐन कानुन कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न उपसमितिहरू गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण