जय ट्रफी फाइनल : भीम सार्कीको अर्धशतक, आर्मीलाई पहिलो इनिङ्समा ३७ रनको अग्रता
वीरगन्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनलमा विभागी टोली त्रिभुवन आर्मी क्लबले पहिलो इनिङ्समा ३७ रनको अग्रता बनाउन सफल भएको छ । टोली आफ्नो पहिलो इनिङ्समा ३९.५ ओभरमा १७० रन बनाउँदै अलआउट हुन पुगेको हो ।
आर्मीका लागि भीम सार्कीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ५८ रन जोडे । उनले यसक्रममा ६ चौका र ३ छक्का प्रहार गरे ।
उनलाई बसिर अहमदले ५५ बलमा ४० रन बनाउँदै राम्रो साथ दिए । उनले ३ चौका हिर्काए । सोमपाल कामीले पनि ५४ बलमा ३२ रनको महत्त्वपूर्ण इनिङ्स खेले ।
विनोद भण्डारीले १४ रन तथा इमरान शेखले १० रन बनाए । नेपाल पुलिस क्लबका लागि सागर ढकालले ५ विकेट लिए । उनले १५.५ ओभर बलिङ गर्दै ३ मेडनसहित ७८ रन खर्चिए ।
कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र गुल्सन झाले १–१ विकेट हात पारे ।
वीरगन्जमा जारी खेलमा पुलिसले ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ५६ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, अर्जुन साउदले ७८ बलमा २८ रन बनाए । उनले ४ चौका हिर्काए ।
अमित श्रेष्ठले ३९ बलमा २० रन जोडे । रसिद खानले २० बलमा १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आर्मीका लागि सहाब आलमले घातक बलिङ गर्दै ७ विकेट लिए । उनले १२.४ ओभरमा ३ मेडनसहित ३७ रन मात्र खर्चिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण