जय ट्रफी फाइनल : आलमको दुवै इनिङ्समा ‘फाइफर’, एक विकेट बाँकी छँदा पुलिसलाई ९५ रनको अग्रता
वीरगन्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो इनिङ्समा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ९५ रनको अग्रता बनाएको छ ।
दोस्रो दिनको खेल सकिँदा पुलिस क्लबले ९ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको छ । पुलिसले पहिलो इनिङ्समा १ सय ३२ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो ।
टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाए । उनले ६७ बलको सामना गर्दै ६ चौका प्रहार गरे ।
त्यसतै, दीलिप नाथले ६२ बलमा ३४ रन जोडे । रसिद खानले १८ तथा अमित श्रेष्ठले १३ रन बनाए । एकपटक फेरि शानदार बलिङ गर्दै शहाब आलमले ५ विकेट लिए । उनले पहिलो इनिङ्समा ७ विकेट लिएका थिए । २३ ओभर बलिङ गरेका उनले ७० रन खर्चिए । बसिर अहमदले २१ ओभर बलिङ गर्दै ४ विकेट लिए ।
यसअघि, त्रिभुवन आर्मी क्लबले पहिलो इनिङ्समा ३७ रनको अग्रता बनाउन सफल भएको थियो । टोली आफ्नो पहिलो इनिङ्समा ३९.५ ओभरमा १७० रन बनाउँदै अलआउट हुन पुगेको हो ।
आर्मीका लागि भीम सार्कीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ५८ रन जोडे । उनले यसक्रममा ६ चौका र ३ छक्का प्रहार गरे ।
उनलाई बसिर अहमदले ५५ बलमा ४० रन बनाउँदै राम्रो साथ दिए । उनले ३ चौका हिर्काए । सोमपाल कामीले पनि ५४ बलमा ३२ रनको महत्त्वपूर्ण इनिङ्स खेले ।
विनोद भण्डारीले १४ रन तथा इमरान शेखले १० रन बनाए । नेपाल पुलिस क्लबका लागि सागर ढकालले ५ विकेट लिए । उनले १५.५ ओभर बलिङ गर्दै ३ मेडनसहित ७८ रन खर्चिए ।
कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र गुल्सन झाले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण