रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका कार्यकर्ताले वरिष्ठ अधिवक्तामाथि आक्रमण गरेका छन् । काठमाडौँ जिल्ला अदालत बाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा समर्थकले आक्रमण गरेका हुन् ।
आक्रमणमा संलग्न आरोपमा दोलखा घर भएका ललितकुमार केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘एकजना पक्राउ गरेका छौँ, अन्य संलग्नहरूबारे अनुसन्धान हुँदैछ ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीले मङ्गलवार र बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस गरेका थिए । बहसमा उनले रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको जिकिर गरेका थिए । बुधवार उनले रवि तर्फका कानुन ब्यवसायीले गरेको बहसको जवाफ दिएका हुन् ।
जवाफी बहस सकेर अदालतबाट बाहिर निस्केपछि रवि समर्थकले उनको झोला तानेर आक्रमण प्रयास गरे । तर, प्रहरीले उनलाई तत्काल उद्धार गरेको छ । प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल नेतृत्वको टिमले आक्रमणकारीलाई नियन्त्रणमा लिएर त्रिपाठीमाथि कुटपिट हुनबाट जोगाएका हुन् ।
पीडितको पक्षमा बहस पैरवी गर्ने कानुन व्यवसायीमाथि आक्रमण गर्ने काम ‘आपराधिक उपद्रव’ भएको अर्का वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले बताए । उनले भने– ‘यो आपराधिक उपद्रव सम्बन्धी कसुर हो ।’
मुलुकी फौजदारी संहिताको दफा–२८५ ले झुटो अफवाह फैलाएर अर्काको काम, कारोबार र व्यवसायमा बाधा गरेमा आपराधिक उपद्रव हुने कुरा उल्लेख गरेको छ । आपराधिक उपद्रवमा संलग्नलाई ५ वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण