इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
काठमाडौं । इजरायल र विद्रोही समूह समास १५ महिना लामो युद्ध समाप्त गरेर १९ जनवरी अर्थात् आउँदो आइतबारदेखि लागू हुने युद्धविराम सम्झौताको मुकाममा पुगेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको पुष्टि गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । जसमा पूर्ण एवं समग्र युद्धविराम, गाजाबाट इजरायली सेना फिर्ता र हमासले राखेका सबै बन्दीहरुको रिहाईलाई महत्वपूर्ण रुपमा समेटिएको बताइएको छ ।
बाइडेनका अनुसार पहिलो चरणमा प्यालेस्टाइनीहरुलाई उनीहरुका आफन्तसँग मिलन गराउने र घर फिर्ती तथा गाजापट्टीमा अधिक मानवीय सहायताको अनुमति दिइनेछ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण सुरु गरेको थियो । जसमा अहिलेसम्म १२ सय जना मारिएका छन् भने २५१ जनालाई बन्धक बनाएर गाजा लगेको बताइन्छ ।
हमासले आफुहरुले सुरु गरेको आक्रमणले गाजामा ठूलो परिमाणको इजरायली आक्रमण निम्त्याएको र जस दौरान ४६ हजार बढी प्यालेस्टाइनी मारिएको प्रतिक्रिया दिएको छ । इजरायलले ९४ बन्दी अहिले पनि हमाससँग रहेको र जसमध्ये ३४ जनालाई मृत मानिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण