सैफ अली खानमाथि छुरा प्रहार
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
अमर उजालामा छापिएको समाचारका अनुसार अबेर राति एक अज्ञात व्यक्ति सैफको घरमा छिरेको थिए । उनले अभिनेतामाथि छुराले आक्रमण गरे । आक्रमणमा सैफ अली खान घाइते भएको र उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको उपचार भइरहेको प्रहरीले बताएको छ ।
‘यो सत्य हो कि सैफ अली खानको घरमा मध्यराति २ः३० बजे चोरी भएको थियो । परिवारका सदस्यहरू जागेपछि चोर भाग्न खोजे । सैफ अली खानमाथि चोरले आक्रमण गरे । उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । यी चोटहरू त्यति गम्भीर छैनन् । उनलाई छुरा प्रहार गरिएको हो, चोरसँग झगडामा घाइते भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।’ बान्द्राका डीसीपीले भनेका छन् ।
कहाँ बस्छन् सैफ अली खान ?
बान्द्राको सतगुरु शरण भवनमा सैफ अली खानको ३ बेडरुमको आलिशान अपार्टमेन्ट छ । यहाँ टेरेस, बाल्कोनी र स्विमिङ पुल पनि छ । यस घरमा सैफसँग पत्नी करीना कपूर खान र छोराहरू तैमुर अनि जेह पनि बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण