पाकिस्तानमा १४औँ साग आयोजनाका लागि बैठक आह्वान
काठमाडौँ । पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४औँ दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाका लागि बैठक बोलाएका छन् ।
उनले फेब्रुवरी २५ र २६ मा लाहोरमा बैठक बोलाएका हुन् । पाकिस्तानले अबको दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने पूर्व सहमति अनुसार तयारी बैठक बोलाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
कमिटीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा बैठकमा प्रतियोगिताको आयोजना मिति, समावेश हुने खेल तथा आयोजना स्थलबारे छलफल हुने उल्लेख छ । त्यस अवसरमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण पनि गराइने छ । बैठकमा प्रतियोगितालाई लिएर आवश्यक थप विविध विषयमा पनि छलफल हुने उनले बताए ।
सन् २०१९ मा नेपालमा १३ औँ दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो । त्यति बेला पाकिस्तानी ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष जनरल आरिफ हुसेनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले झण्डा हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण