सभापतिलाई ब्रिफिङ गर्दै कांग्रेस मन्त्रीहरूले भने– सोचेअनुसार काम हुन सकेको छैन
काठमाडौँ । कांग्रेसबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरूले सोचे अनुसार काम गर्न नसकेको र अप्ठ्याराहरू बाँकी रहेको ब्रिफिङ गरेका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा जारी कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा बोलाइएका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा भइरहेका काम बारे ब्रिफिङ गरेका हुन् ।
बैठकबाट निस्किएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रीहरूबाट प्रत्येक मन्त्रालयको विस्तृत जानकारी गराउने काम भइरहेको बताए । जसमा कस्ता काम भए‚ के राम्रा काम भए र भविष्यमा कसरी काम गर्दै मन्त्रालयलाई प्रभावकारी बनाउने भन्ने विषय सभापति लगायत नेताहरूसँग ब्रिफिङ भइरहेको उनको भनाई छ ।
मन्त्रीहरूले काम गर्ने जुन सोचका साथ अघि बढे पनि अझैपनि यसमा समस्या रहेको ब्रिफिङ गरेको उनले बताए । नेताहरूले पनि यसका लागि कसरी समाधान गर्न सकिन्छ भनेर उपाय दिएको उनले जानकारी दिए ।
‘सिधै अप्ठ्यारो भएको जस्तो लाग्दैन । तर सोचे अनुसारको काममा जति चाँडो हुनुपर्ने जति अगाडि बढ्नुपर्ने त्यो कुरा कहीँ न कहिबाट समस्या भएको महसुस गरेका छन्‚’ उनले भने‚ ‘तर‚ हाम्रा नेताहरू मिलेर त्यसलाई समाधान गर्ने उपायहरू बताइरहनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण