बार एसोसिएसनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा
काठमाडौँ । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गरी एसोसिएसनले सो आक्रमणको निन्दा गरेको हो ।
बुधवार सहकारी ठगी प्रकरणका सम्बन्धमा थुनछेक बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए । बार एसोसिएसनले सो साङ्घातिक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाप्रति घोर भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ : ‘न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानुन व्यवसायीको पेसागत सुरक्षा माथि नै गम्भीर चुनौती देखिएको छ ।’
त्रिपाठीमाथि गाली गलौज गरी साङ्घातिक आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी अविलम्ब कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण