सेल्टामाथि रोमान्चक जित निकाल्दै रियाल मड्रिड कोपा डेल रे’को क्वार्टरफाइनलमा
काठमाडौं । सेल्टा भिगोमाथि रोमान्चक जित निकाल्दै रियाल मड्रिड कोपा डेल रे’को क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समय सकिंदा पनि २-२ को बराबरीको नतिजालाई उल्ट्याउँदै रियालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
पहिलो हाफअघि रियाललाई केलिएन एम्बाप्पेले सुरुवाती अग्रता दिलाए । ४८ औं मिनेटमा भिनियस जुनियरले अग्रता दोब्बर पारे । तर, ८३ औं मिनेटमा जोनाथन बाम्बा र ९१ औं मिनेटमा मार्कस अलोन्सोले गोल गर्दै नतिजा बराबरी गरे ।
त्यसपछि थपिएको समय अर्थात् १०८औं मिनेटमा एन्ड्रिकले रियालका लागि गोल गरे । समय थप्दै जाँदा खेल ११९ औं मिनेटसम्म तन्कियो । र, ११२ औं मिनेटमा भाल्भर्डे तथा अन्तिम समयमा फेरि एन्ड्रिकले व्यक्तिगत दोस्रो गर्दै नतिजा ५-२ मा पुर्याए ।
यस्तै, एथ्लेटिक क्लबविरुद्ध ३-२ को सङ्घर्षपूर्ण जित निकाल्दै ओसासुना र रायो भायकानोविरुद्ध ३-१ के जित निकाल्दै रियाल सोसिडाड समेत क्वार्टरफाइनलमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण