पुसमा बढ्यो घरजग्गा कारोबार, ४ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन
काठमाडौँ । पुस महिनामा घरजग्गाको कारोबार एक तिहाइले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्ष पुस महिनामा देशभरका मालपोत कार्यालयबाट घरजग्गा सम्बन्धी ९ हजार १३१ वटा सेवा प्रवाह भएका थिए । यो वर्षको पुसमा यो संख्या १२ हजार २३६ पुगेको छ । यो ३४.०१ प्रतिशत बराबरको वृद्धि हो ।
यस्तै लिखत पारित ३९.५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पुसमा ३ हजार ४३४ वटा लिखत पारित भएकोमा यो वर्षको सोही महिनामा यो संख्या बढेर ४ हजार ७७७ पुगेको हो ।
अघिल्लो वर्षको पुसमा १९९ वटा संशोधन भएकोमा यो वर्ष बढेर ६२२ पुगेको छ, जुन तेब्बरभन्दा धेरैको वृद्धि हो ।
त्यस्तै, यो अवधिमा हालसाविकको संख्या ३१ प्रतिशतले बढेर ४४६ वटा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यो संख्या ३४० थियो ।
पुस महिनामा जग्गा फुकुवाको संख्या साढे पाँच गुणाले बढेको छ । अघिल्लो पुसमा २९५ वटा जग्गाको फुकुवा भएकोमा यो वर्षको पुसमा १६४६ वटा जग्गा फुकुवा भएका हुन् ।

यो महिनामा जग्गा दर्ताको संख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्ष पुस महिनामा ६ वटा जग्गा दर्ता भएकोमा यो वर्षको पुसमा ८५ वटा जग्गा दर्ता भएको हो । यो महिनामा ८ वटा अपार्टमेन्टको लिखत पारित भएका छन् । अघिल्लो वर्ष ६ यो महिनामा वटाको लिखत पारित भएको थियो ।
यस्तै, अघिल्लो वर्ष २६९ वटा दाखिल खारेज भएकोमा यो वर्षको पुसमा उक्त संख्या बढेर ४९५ पुगेको छ, जुन ८४ प्रतिशतको वृद्धि हो ।
यो अवधिमा नामसारी तथा जग्गा रोक्काको संख्या भने ह्वात्तै घटेको छ । अघिल्लो वर्ष पुसमा ६८५ वटा नामसारी भएकोमा यो पुसमा घटेर ४८४ वटा पुगेको हो । कुनै व्यक्तिको मृत्यु ता अंशबण्डा हुँदा जग्गाको नामसारी गरिन्छ ।
३३ प्रतिशतले बढ्यो राजस्व
यो अवधिमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्वसमेत बढेको छ । विभागका अनुसार देशभरका मालपोत कार्यालयले एक महिनाको अवधिमा ४ अर्ब २५ करोड रुपैयाँ राजस्व उठाएका छन् । अघिल्लो वर्षको पुसमा यस्तो राजस्व ३ अर्ब २० करोड रुपैयाँमात्रै रहेको थियो, जुन झण्डै ३२.६६ प्रतिशत बढी हो ।
यो वर्ष पुसमा सेवा करबापत ३० करोड ४३ लाख रुपैयाँ सङ्कलन भएको छ । जबकि अघिल्लो वर्ष पुसमा सेवा करबापत २६ करोड २० लाख रुपैयाँ सङ्कलन भएको थियो ।
त्यस्तै, रजिष्ट्रेसन शुल्कबापत यो पुसमा २ अर्ब ६८ करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्ष पुसमा २ अर्ब १२ करोड रुपैयाँ रजिष्ट्रेसन शुल्कबापत सङ्कलन भएको थियो ।
समीक्षा अवधिमा पुँजीगत लाभकर बापतको आम्दानीमा ४६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो पुसमा १ अर्ब १० करोड रुपैयाँ रहेको पुँजीगत लाभकर यो वर्ष १ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।

पुस महिनाको राजस्वसँगै घरजग्गा कारोबारबाट ६ महिनामा मात्रै २० अर्ब ८३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष सोही अवधिमा १८ अर्ब २५ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । समीक्षा अवधिमा राजस्व सङ्कलनमा करिब १४ प्रतिशतको वृद्धि देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण