प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाउनुपर्यो : सांसद राई
शुक्रबार, ०४ माघ २०८१, १४ : ४२
काठमाडौँ । सांसद दुर्गा राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समिति बैठकमा बोलाउन आग्रह गरेकी छन् । शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै राईले समसामयिक राजनीतिक विषय बस्तुमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाउनुपर्ने बताएकी हुन् ।
राईले बैठकमा भनिन्– ‘प्रधानमन्त्रीज्यूलाई यो बैठकमा बोलाउनुहोला । मैले सबै सोधेको प्रश्नको जवाफ गृहमन्त्री ज्यूले दिन सक्नुहुन्न । प्रधानमन्त्रीज्यू यो समितिमा उपलब्ध हुनुपर्यो । समसामयिक राजनीतिक विषयमा बस्तुमा छलफल गर्नका लागि ।’
उनले प्रधानमन्त्री ओलीले अध्यादेशबाट देश चलाउन लागेको भन्दै सबैलाई बेकामे बनाइएको आरोप लगाइन् ।
उनले भनिन्– ‘नागरिकबाट कर लिइरहेका छौँ, हामी किन बेकामे भयौँ ? अध्यादेश ल्याउँदै हामीलाई बेकाम बनाएर नराख्नुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण