धर्मेन्द्र बास्तोलाको आरोप– विप्लवले पार्टीलाई जोगीको हुन्डी बनाए
काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीलाई जोगीको मागी खाने भाँडो जस्तो बनाएको आरोप लगाएका छन् । शुक्रवार पार्टीको नवौँ महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौँमा सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन् ।
‘मोहन वैद्यसँग अलग भएपछि पुनर्गठन गरी नेकपा बनायौँ । बिस्तारै पार्टी आशाको किरण बन्दै गएको थियो । तर नेतृत्व संसदीय विसर्जनवादमा फस्यो’, उनले भने, ‘पार्टीलाई जोगीको हुन्डी जस्तो मागेर खाने भाँडो बाउन थाल्यो । त्यसका लागि पार्टी विभाजन गर्नुपर्ने स्थितिमा पुग्यौँ । त्यो जायज थियो ।’
नेकपाबाट अलग भएपछि कम्युनिस्ट क्रान्तिकारीहरूलाई पुनर्गठन गर्ने प्रयत्नस्वरुप फेरि वैद्य नेतृत्वको क्रान्तिकारी पार्टीसँग एकता गर्ने प्रयत्न गरेको तर सफल नभएको बास्तोलाले बताए । महासचिव वैद्यमा मार्क्सवादी जड बढी देखिएकाले त्यहाँबाट बाहिर निस्कन नसक्ने भएपछि विद्रोह गरेको उनले दाबी गरे ।
उनले १२ वर्षअघि एकीकृत नेकपा माओवादीभित्र साम्राज्यवादी घुसपैठ र नेतृत्वमा देखिएको विचलनका कारण विद्रोह गरेको बास्तोलाले जिकिर गरे । त्यतिबेलादेखि नै पार्टीलाई पुनर्गठन गर्न आवश्यक भएकाले विद्रोह र पार्टी पुनर्गठनको काम जारी राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण