तस्बिर सार्वजनिक प्रकरण
रविको हिरासतको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल धरौटीमा छुटे
शुक्रबार, ०४ माघ २०८१, १७ : २१
पोखरा । विद्युतीय कारोबार सम्बन्धी ऐनको कसुरमा पक्राउ परेका डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् । रवि लामिछानेको कास्की प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
तत्कालीन समयमा उनलाई हिरासतमा राख्न अदालतले इन्कारी आदेश दिएको थियो । त्यसपछि हाजिर जमानीमा छुटेका उनी विरुद्द विहिबार कास्की अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस चलेको थियो ।
दुई दिनसम्म बहस भएपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको हो । न्यायाधीश शंकरबहादुर राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण