निर्माण व्यवसायीहरूका माग सम्बोधनको पहल गर्छु : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरूका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघले आगामी १५ गतेसम्म सबै विकासे मन्त्रालय र सरकारी निकायहरुलाई व्यवसायीहरूका माग सम्बोधनको लागि ज्ञापनपत्र बुझाउने जनाएको हो । सोही बमोजिम शुक्रबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई पनि ज्ञापन पत्र बुझाएको छ । निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरूले मूल्य वृद्धि गरेको तथा भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता हटाउन माग गर्दै उपप्रधानमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएको छ । निर्माण व्यवसायीहरूका माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाडौँ उपत्यका प्रवेश गर्ने पूर्वीनाका र पश्चिम नाका ठप्प पार्ने योजना रहेको छ ।
ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री सिंहले सरकारलाई निर्माण व्यवसायीहरूका समस्या र मागका विषयमा जानकार रहेको बताए । उनले निर्माण व्यवसायीहरूका माग सम्बोधनको लागि मन्त्रीपरिषद्मा लैजान पहल गर्ने प्रतिबद्धता जनाए ।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्माण व्यवसायीहरूलाई बीमाले बदमासी गरेको बताए । उनले बीमामा निर्माण व्यवसायीहरूले आयोजनावेसमा प्रिमियम हुने विषय उठान गर्नुपर्ने बताए । उनले निर्माण व्यवसायीहरूलाई बीमासँग रकम लिन समस्या भएको बताए ।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका मागहरू पूरा नभएको अवस्थामा माघ १८ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्रीको निवास अगाडि धर्ना दिने बताए । उनले माघ २० गतेसम्म पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाडौँ उपत्यका प्रवेश गर्ने पूर्वी—पश्चिम नाका ठप्प पार्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण