टिकटक, फेसबुकबाट लोभ्याएर रोमानिया, क्रोएशियामा रहेका नेपालीलाई पोल्याण्ड र बुल्गेरिया सिफ्ट गर्ने नाममा ठगी
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा रोमानिया, क्रोएशिया, माल्टालगायतका मुलुक लगायतका मुलुकमा कार्यरत नेपालीहरलाई विभिन्न प्रलोभन देखाई पोल्याण्ड तथा बुल्गेरियामा गैरकानूनी ओसारपसार गरेको खुल्न आएको छ ।
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जरुरी सूचना नै जारी गरेर यसबारे जानकारी दिएको हो । दूतावासले सार्वजनिक रुपमा जारी गरेको अति जरुरी सूचनामा सामाजिक सञ्जाल टिकटक, फेसबुकलगायत सामाजि सञ्जालहरु समेतको प्रयोग गरेर प्रलोभन बाँडएको तथा झुठा विवरण प्रचार-प्रसार गरेको पाइएको उल्लेख छ ।
दूतावासले नेपालबाट विधिवतरुपमा जुन मुलुकको लागि श्रमस्वीकृति लिएको हो सोही मुलुकमा कार्यरत रहन र यस्ता प्रलोभनमा नपर्न भन्दै सबैमा सार्वजनिक अनुरोध समेत गरेको छ ।
गैरकानूनी कार्यमा संलग्नहरुलाई सचेत गराउँदै दूतावासले यस्तो कार्यमा संलग्नहरुबारे प्रमाणसहित दूतावासमा उजुरी दिन पीडितहरुलाई सूचनामार्फतै आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
-
शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
-
उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण