‘सारंग’ को गीतमा दुई साथीको प्रेम
काठमाडौँ । माघ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’ मा समावेश ‘तिमी नै हौ’ बोलको गीत सार्वजनिक गरिएको छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मको गीतमा दुई साथी–बालकलाकार आदित्य कार्की र सम्राट् थापाबिचको प्रेम,साथ,समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ ।
देवेन्द्र बरालको स्वरमा रहेको गीतको शब्द सुमन सिंगल, संगीत शंकर थापा स्माइलको छ । गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन् । केही दिनअघि सार्वजनिक फिल्मको टिजरले तारिफ पाइरहेको बेलामा दर्शकमाझ ‘फ्रेन्ड सङ’ ल्याइएको हो ।
फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,नीरज ब्ल्याक,विश्व स्याङ्बो,दीपिका थापा,सुमन सागर जङ्ग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट् र आदित्य मुख्य भूमिका रहेको छ । बाल मनोविज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको बताइने फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्म गोपाल रायले खिचेका हुन् ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्मलाई देशभर स्टेशन ५ ले वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण