कीर्तिमानी समयसहित नेपालकी सुनमायाले जितिन् हङ्कङ १०० के रेसको उपाधि
काठमाडौँ । नेपालकी सुनमाया बुढाले हङ्कङ १०० के रेसको उपाधि चुमेकी छन् । उनले कीर्तिमानी प्रदर्शनसहित उपाधि चुमेकी हुन् । सुनमायाले शनिबार सम्पन्न दौडमा निर्धारित एक सय तीन किलोमिटर दूरी ११ घण्टा ११ मिनेट ४७ सेकेन्डमा पार गर्दै उपाधि हात पारिन् ।
यो दौड यसअघि यति कम समयमा कुनै पनि धावकले पुरा गर्न सकेको थिएन । महिलातर्फ स्लोभाकियाकी भेरोनिका लेङ दोस्रो भइन् । उनले निर्धारित दूरी पार गर्न ११ घण्टा २५ मिनेट २२ सेकेन्ड समय खर्चिएकी थिइन् ।
यसैगरी, भियतनामकी ह्यु हा तेस्रो भइन् । उनले १२ घण्टा नौ मिनेट ३७ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । चीनकी जिङ यान ताङ चौथो र चीनकै लिङ जी ची चौथो स्थानमा रहे । नेपालकी निर्मला राई छैटौँ भइन् ।
यसैगरी, पुरुषतर्फ चीनका गुआङ फु मेङले पहिलो स्थान हासिल गरे । उनले निर्धारित दूरी नौ घण्टा ४३ मिनेट १० सेकेन्डमा पुरा गरे । चीनकै गुई दु क्विन दोस्रो स्थानमा रहे । उनले निर्धारित दूरी नौ घण्टा ५१ मिनेट ११ सेकेन्डमा पार गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण